लागु औषध भएको आशंकामा हेटौंडाबाट दुईजना पक्राउ

पालिका डायरी
२९ भाद्र २०८०
लागु औषध भएको आशंकामा हेटौँडाबाट दुईजना पक्राउ

मकवानपुर प्रहरीले लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा १० भुटनदेवी रोडबाट हेटौंडा ५ स्थायी घर भई हेटौंडा ११ नवलपुर बस्ने ३१ वर्षको दिपेन्द्र सुनार र बागमती गाउँपालिका ६ की २१ वर्षकी रुपा सुनारलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट १२ ग्राम ७० मिलि ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ गरिएको दुवैजनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया