मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल सर्वसम्मत

पालिका डायरी
२९ भाद्र २०८०
मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल सर्वसम्मत

मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्तप्रसाद पौडेल दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।

संविधानसभा सदस्य समेत रहेका पौडेल सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो । शुक्रबार सम्पन्न १७ औं क्याम्पस सभाबाट सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रिप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा. कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन् ।

सभाले लेखा समिति लेखा समितिको संयोजकमा नवराज अर्याल, सदस्यमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत चयन गरेको छ ।

प्रतिक्रिया