शाहरुखको ‘जवान’को कमाइ ६०० करोड नाघ्यो

पालिका डायरी
२८ भाद्र २०८०, १२:०९
शाहरुखको ‘जवान’को कमाइ ६०० करोड नाघ्यो

शाहरुख खानको फिल्म ‘जवान’ को विश्वव्यापी बक्स अफिसमा कुल कलेक्सन ६०० करोड नाघेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माताले जवान छ दिनमा ३०० करोड कमाउने पहिलो फिल्म भएको दाबी गरेका छन्। यसले विश्वव्यापी रूपमा ६२१.१२ करोड रुपैयाँ कमाएको छ।

तमिल फिल्म निर्माता एटलीद्वारा निर्देशित फिल्ममा नयनथारा, विजय सेतुपति र दीपिका पादुकोण पनि अभिनय गरेका छन्।

उक्त फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज भएको हो। यो फिल्म गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन्।

प्रतिक्रिया