रातोमाटेबाट लागुऔषध सहित दुई जना पक्राउ

पालिका डायरी
२७ भाद्र २०८०
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको सुमोबाट बुधबार बिहान लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका–२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

प्रहरीका अनुसार ना.१ ज ३६७७ नम्बरको सुमोको सिटमुनी ४ वटा पोकामा लुकाई राखेको अवस्थामा ३० केजी गाँजा फेला परी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया