स्केटल्याण्ड एण्ड जुम्बा फिटनेसको तीज कार्यक्रम सम्पन्न, पर्वलाई सभ्य बनाउन मन्त्री मोक्तानको सुझाव

पालिका डायरी
२७ भाद्र २०८०, ०७:५३

हेटौंडा / बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले तीज कार्यक्रम भड्किलो बनाउन नहुने सुझाव दिएकी छिन् । पछिल्लो समय तीज पर्व मनाउनका लागि तडकभडक बढेको भन्दै सरल, सहज तरिकाले ंतीज पर्व मनाउन सुझाव दिइएकी हुन् ।

हेटौंडा २ मा रहेको स्केटल्याण्ड एण्ड जुम्बा फिटनेस हेटौंडाद्धारा आयोजित तीज बिशेष तथा दर खाने कार्यक्रममा शुमकामना दिदैं मन्त्री मोक्तानले यस्तो बताएकी हुन् । ‘तीज पर्वलाई सरल र सहज तरिकाले मनाउने गरौं । देखासिकी गरेर पर्व मनाएर समाजमा भड्किलो बनाउन हुँदैन,’ उनले भनिन् ।

यस्तै, कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले तीज पर्वले चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउँदै संस्कृति जगेर्ना गर्न मद्दत पुगेको बताए ।

समाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको बिशेष आतिथ्यता रहेको थियो । यस्तै, मकवानपुरकी लोक गायिका प्रतिमा अर्यालको प्रस्तुती रहेको थियो । कार्यक्रममा विभिन्न टोल विकास समितिका पदाधिकारीहरु, सञ्चाकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

स्केटल्याण्ड एण्ड जुम्बा फिटनेस हेटौंडाका सञ्चालक कुमारी सिन्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा अर्का सञ्चालक राज कुमार थिङले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
IMG_7320