मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवकाे निधन

पालिका डायरी
२६ भाद्र २०८०, १२:४३

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

प्रतिक्रिया