एमाले बागमती अधिवेशन : भीमफेदी गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट

पालिका डायरी
२५ भाद्र २०८०, २१:३७

हेटौंडा / नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशननको लागि भीमफेदी गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट गरेको छ। नेकपा एमाले भीमफेदी गाउँपालिकाको भैंसेमा आज भएको सांगठित सदस्यहरुको भेलाले सर्वसम्मत प्रतिनिधि छनौट गरेको हो ।

छनौट भएका प्रतिनिधिहरु खुल्लातर्फ मकवानपुर जिल्ला क्षेत्र नम्बर दुई बाट निर्वाचित प्रतिनिधि सभाका सांसद नेकपा एमालेका सचेतक महेश कुमार बर्तौला भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा मकवानपुर जिल्लाका उपसचिव हिदम लामा र ठाकुराम खड्का रहेका छन् । महिला तर्फ भने भगवती पुडासैनी र सीता घलान छनौट भए भने दलित तर्फ सरिता परियार छनौट भएका छन् ।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशन यहि असोज ९ र १० गते काठमाण्डौंमा हुदैछ ।

प्रतिक्रिया