बालश्रम निवारणका लागि प्रदेश सरकारले नीति निर्माण गर्दैछ : मन्त्री लम्साल

पालिका डायरी
२५ भाद्र २०८०, २१:२२

हेटौंडा / बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालले बालश्रम निवारणका लागि प्रदेश सरकारले नीति निर्माण गरिरहेको बताएका छन् । बालश्रमको निवारणको लागि प्रदेश सरकारले नीति बनाउने देखि विभिन्न कार्यक्रमहरु गरिरहेको बताएका हुन्।
बालश्रम निवारणका लागि प्रदेश स्तरीय संसदीय पहल बिषयक छलफल कार्यक्रममा मन्त्री लम्सालले यस्तो बताएका हुन्। “अझै नीतिगत तथा सचेतनाको पाटोमा काम धेरै गर्न बाँकी छ ” मन्त्री लम्सालले भने ।

कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्यहरुले बाल श्रमको निवारणसंगै उचित शिक्षा र जिम्मेवार नागरिक नागरिक बनाउनेको लागि अभिभावकलाई पनि सचेतना आवश्यक भएको बताए ।
कार्यक्रम बाल कल्याण समाज मकवानपुर, युवाका साथ साथ आवाज नेपाल, युथ क्लब नारायणगढ, सरोकार समाज नेपाल, स्वतन्त्र अभियान नेपाल, ग्लोबल मार्च, राष्ट्रिय बाल संरक्षण सञ्जाललगायतको संयुक्त आयोजनामा गरिएको हो ।

प्रतिक्रिया