हेटौंडामा ‘दि एक्स’ ब्याण्डले सांगीतिक कार्यक्रम गर्ने
हेटौंडा / हेटौंडामा ‘दि एक्स’ ब्याण्डले सांगीतिक कार्यक्रम गर्ने भएको छ । दि एक्स’ ले आउँदो भदौ ३० गते शनिबार हेटौंडा(५ स्थित रिगल हेटौंडा रिसोर्टमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गर्ने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । नेपाल डाइरिजका प्रमुख सागर गजुरेलका अनुसार दि एक्सले पहिलो पटक हेटौंडामा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट प्राप्त हुने रकमबाट खर्च कटाएर बाकी रकम आर्थिक अवस्था कमजोर भएको कारण पढाईमा समस्या भएका विद्यार्थीहरुलाई सहयोग गरिने गजुरेलले बताए ।
डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाका अनुसार कन्सर्ट प्रवेश शुल्क टिकटदर प्रतिव्यक्ती एक हजार रुपैयाँ राखिएको छ । टिकटमा दर्शकलाई पेय पदार्थ निःशुल्क उपलब्ध गराइने ब्यबस्था समेत गरिएको छ ।
सांगीतिक कार्यक्रम ९कन्सर्ट० शनिबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म जारी रहने छ । यस्तै स्थानीय कलाकार र ब्यान्डहरुको प्रस्तुति रहने कार्यक्रममा १ हजार भन्दा बढी दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान गरेको छ ।