हेटौंडामा समाजवादी मोर्चाको सभाः जति समय प्रधानमन्त्री हुन्छु राम्रो काम गरेर देखाउँछु–प्रचण्ड
File photo
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आफु जति समय सम्म प्रधानमन्त्री हुने हो त्यतीन्जेल सम्म राम्रो काम गरेर देखाउने बताउनु भएको छ ।
चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभाको आज हेटौंडामा सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘कती समय सम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन । तै पनि जति समय बस्छु राम्रो काम गरेर देखाउँछु ।’
भ्रष्टाचारका बिरुद्ध र शुसासनका पक्षमा अभियान चलाईएको र यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाइने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यो अभियान केही व्यक्तिलाई मन नपरेको वताउँदै उहाँले भन्नुभयो–‘ यो अभियान कुशासन बिश्रद्ध हो ।’
प्रधानमन्त्रीका विरुद्धमा खाली सबोच्चमा मुद्धा हालिरहने चलन बढेको उहाँले बताउनुभयो । सबै परिवर्तनको रक्षाका लागि अहिलेको मोर्चा बनेको उाँको भनाई छ ।
अहिले पनि परिबर्तनलाई उल्टाउने चेष्टा गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । यो मोर्चा चार वटा पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको बताउनुभयो । खाली कम्युनिष्ट पार्टीहरु बिभाजित हुन्छन् भन्ने सन्देश गएको छ । अब कम्युनिष्ट पार्टीहरु पनि जुट्छन् भन्ने देखाउन पनि मोर्चाबन्दी रिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।


