समाजवादी मोर्चाको सन्देशसभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

पालिका डायरी
२४ भाद्र २०८०, १०:२९

हेटौंडा / चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभा आइतबार (आज) बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ। शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले आज हुने सभाको तयारी पूरा भएको जानकारी दिइन्। उनका अनुसार हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने सभा दिउँसो १२ बजेबाट सुरु हुनेछ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले शिर्षनेताहरु हेटौंडा आउँदैछन्।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने कार्यसूचि रहेको छ भने कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीकी अध्यक्ष भुषालले जानकारी दिइन्।

प्रतिक्रिया