भीमफेदीको १ नम्बर वडा दार पकेट क्षेत्र घोषणा, इतिहास जोगाउने लक्ष्य रहेको अध्यक्ष लामाको भनाइ

राम कुमार दानी
२१ भाद्र २०८०, २१:१७

हेटौंडा  / भीमफेदी गाउँपालिकाले लोप हुँदै गएको दारको ठेकीलाई संरक्षण गर्ने उदेश्यले दार पकेट क्षेत्रक घोषणा गरेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर १ को दरबारडाँडामा बिहिबार एक कार्यक्रमका बीचमा दार पकेट क्षेत्र घोषणा गरिएको हो।

वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचीव यज्ञनाथ दहालको प्रमुख आतिथ्यतामा स्थानीय उपभोक्ता लगाएत कर्मचारीहरुको उपस्थितिमा मकवानपुरमै पहिलो दार पकेट क्षेत्र घोषणा गरिएको भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले बताए । मकवानपुर दारको ठेकी पाउने ठाउँ भनेर पहिले देखि नै प्रचलित रहेको बताउँदै अध्यक्ष लामाले पछिल्लो पुस्ताले दारको ठेकीमा पारेको मोही एउटा इतिहास जस्तै बनेको बताए ।

मकवानपुरमै पहिलो दारको पकेट क्षेत्रको घोषणा गरिएको बताउँदै अध्यक्ष लामाले यसमा पालिका र वन समूहले पूर्ण स्वामित्व र अपनत्व ग्रहण गरेको बताए । कार्यक्रममा सव डिभिजन वन कार्यालय मनहरीका डिभिजनल प्रमुख विष्णु प्रसाद आचार्य, वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु, भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु र स्थानीयको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया
372014237_6600102776703041_9038022544109196581_n (1)