भदौ २४ गते प्रधानमन्त्री प्रचण्ड हेटौंडा आउने
file photo
समाजवादी मोर्चा नेपालले आयोजना गर्ने प्रादेशिक सन्देश सभालाई संवोधन गर्न प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने भएका छन् ।
नेकपा एकिकृत समाजवादीको ब्यवस्थापनमा हेटौँडामा हुने सभालाई संवोधन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहित एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरु हेटौँडा आउने भएका हुन् ।
मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्य तालिका रहेको छ ।
प्रतिक्रिया