आज सातै प्रदेशमा पानी पर्ने, यी चारमा भारी वर्षाको सम्भावना

पालिका डायरी
१८ भाद्र २०८०, ०९:०३
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

आज (सोमबार) सबै प्रदेशमा पानी पर्ने तथा कोशी, मधेश, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यतिबेला (सोमबार बिहान) लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा कर्णाली र कोशीका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया