गैंडाको खागसहित चार जना पक्राउ
संरक्षित वन्यजन्तु गैंडाको खागसहित चार जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दोलखाको मेलुङ गाउँपालिका–७ घर भएका ३० वर्षीय प्रदिप मगर, रामेछापको मन्थली नगरपालिका–७ घर भएका ५० वर्षीय पूर्णसिंह तामाङ, बूढानिलकण्ठ नगरपालिका–१३ घर भएका ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवोकाटको दुप्चेश्वर गाउँपालिका–१ का ३५ वर्षीय कर्ना तामाङ छन्।
सीआईबीले भदौ ८ गते कागेश्वरी मनहरा नगरपालिका–७ हरहर महादेवबाट सुरुमा २ जनालाई पक्राउ गरेको थियो। त्यसपछि थप २ जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
पक्राउ परेकाहरुबाट ७८८ ग्राम बराबरको गैंडाको खाग बरामद भएको छ। पक्राउ परेका सबैलाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।
प्रतिक्रिया