हेटौंडामा बिभिन्न घटनामा दुइ जनाको मृत्यु

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाका दुइ वटा स्थानमा दुइ वटा घटनामा दुइ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट घर बनाउन ईट्टा बोक्ने क्रमामा स्थानीय ६० वर्षकी लक्ष्मी खड्काको मृत्यु भएको प्रदेश प्रहरी कर्याालय हेटौंडाले जनाएको छ । लडेपछी अचानक लडदा उपचारर्थ चुरेहिल अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ संसारी पुल मुनी एक जनाको मृत्यु भएको छ । नाम थर, ठेगाना नखुलेका ४५ को पुरुष ब्यक्ति बिरामी अवस्थामा फेला पारी उपचारर्थ चितवनको अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया