एक किलाे सुनसहित महिला पक्राउ

पालिका डायरी
१७ भाद्र २०८०, ११:४२
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

रसुवागढी नाकाबाट एक किलाे सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजाे मितेरी पुलबाट पक्राउ परेकी हुन् ।

केरूङबाट अवैधरूपमा एक किलाे सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेकाे जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयाे ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया