युवा संघद्वारा गोलपोष्ट सहयोग, फेसबुकमा लेखेर समाज परिवर्तन हुदैन: लामा
हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल को चार महिने अभियान अन्तर्गत सनिवार युवा संघ भीमफेदी गाउँ कमिटीले एफ. सि. भीमफेदी क्लबलाई फुटबल र गोलपोष्ट हस्तान्तरण गरेको छ ।
राष्ट्रिय युवा संघ भीमफेदी गाउँ कमिटिको अध्यक्ष बादल सिल्वालको अध्यक्षतामा भीमफेदिको सिमलटार खेलमैदानमा एक औनौपचारिक कार्यक्रम गरेर उक्त्त गोलपोष्ट हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा आफ्नो छोटो भनाइ राख्दै अध्यक्ष सिल्वालले राष्ट्रिय युवा संघ नेपालले भीमफेदीको हरेक टोल समजमा पुगेर साथ सहयोग गरिरहेको बताए । पछिल्लो समय भीमफेदीको युवाहरूको लोकप्रीय बनिरहेका सिल्वाल समाजमा आइ परेका जस्तोसुकै समस्यामा सकेको साथ सहयोगको लागि राष्ट्रिय युवा संघ जिम्मेवार ढंगले उपस्थित हुने बताए । उनले गोलपोष्टको समस्याले गर्दा फुटबल खेल्न समस्या भैरहेको बेला युवा संघले यस्को हल गरेको बताए ।
यस्तै कार्यक्रमको प्रमुख अतिथी तथा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य प्रकाश लामाले राष्ट्रिय युवा संघ नेकपा एमालेको भात्री सङ्गठन मात्र हो भनेर नबुझ्न युवाहरूलाई आग्रह गरे । उनले पछिल्लो समए युवा संघ समाज परिवर्तनको कडि भएको बताउदै सबै युवाहरु युवा संघमा गोलबद्द हुन पनि अनुरोध गरे । लामाले राष्ट्रिय युवा संघको चार महिने अभियानमा हामिले थुप्रै युवाहरुलाई आबद्द गरेको पनि बताए । घरमा बसेर फेसबुकमा लेखेर समाज परिवर्तन नहुने भन्दै युवा संघ टोल टोलमा बस्ती बस्तिमा परिवर्तनको सन्देश लिएर पुगिरहेको बताए । उनले हामी यो अभियानमा देशैभरी समाज परिवर्तनको नारा लिएर गाउँ टोलमा पुवेको जानकारी गराउदै आफुले थोरै भएपनी भीमफेदिको युवाहरुलाई उर्जा थपियोस भनेर यो गोलपोस्टको सहयोग गरेको बाताए ।
उनले आउदा दिनमा युवाहरूलाई खेलकुदमा चाहिने सबैखाले समस्याको आफुले सकेको साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटी सदस्य तथा भीमफेदी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सागर पाण्डे प्रदेश सदस्य इसाव के.सि लगाएत भिमफेदीका युवाहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।