बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी

पालिका डायरी
१५ भाद्र २०८०
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी file photo

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएकाे छ ।

मलेसियाकाे क्वालालम्पुरमा बहराइनले दिएकाे ३२ रनकाे झिनाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍याे । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियाे ।

यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, पूजा महताे र रुबिना क्षेत्रीले १/१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

प्रतिक्रिया