प्रेस चाैतारी मकवानपुरले मनायाे सामुहिक रक्षाबन्धन

पालिका डायरी
१४ भाद्र २०८०, १८:०४
प्रेस चाैतारी महिला विभागले मनायाे सामुहिक रक्षाबन्धन

हेटौंडा / प्रेस चौतारी मकवानपुर महिला बिभागले जनैपूणिर्माको अवसरमा सामुहिक रक्षाबन्धन बिशेष कार्यक्रम गरेको छ ।

दाजुभाइ र दिदीबहिनी बिच प्रेमको प्रतिक मानिने रक्षाबन्धनमा पत्रकार महिलाहरूले पुरुषहरूलाई रक्षाबन्धन (डोरो) बांधिदिएर पर्व मनाईएको हो । पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहाेस भनेर पर्व मनाइएकाे आयाेजकले जनाएकाे छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए ।

महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयाेजना गर्ने दर खुवाउने रमाइलाेमा सहभागी गराउने गरेकाे भए पनि प्रेस चाैतारी मकवानपुरमा पुरुषहरुकाे लागि जनैपूर्णिमाकाे दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएकाे याे पहिलाे पटक हाे ।

समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारकाे मार्ग दर्शककाे रुपमा समेत पत्रकारिताले याेगदान गर्न सक्ने प्रेस चाैतारी नेपाल पुर्व केन्द्रिय सदस्य सरिता दाहालले बताइन् । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनाैट गरेका हाै‌’ उनले भनिन् ।

पत्रकारिताकाे क्रममा सधै‌ं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पर्दा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयाेग, भातृत्व, अभिभावकत्व र मित्रताकाे आभाष सधै‌ भएकाे उनले बताइन् । औपचारिका रुपमा यसरी कार्यक्रम गरेकाे भन्दै र याे अवसर दिएकाेमा चाैतारी मकवापुर महिला विभागलाई केन्द्रिय सदस्य दाहालले दिएन् । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिनकाे लागि पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेकाे उनले बताइन् ।

यसैगरी चाैतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चाैतारी महिला विभाग रचनात्मक काममा लागि परेकाे भन्दै प्रशंसा गरे । ‘यसरी नेपाली संस्कृति र परम्पराकाे जगेर्नामा हाम्रा साथीहरु लाग्नु भएकाे छ,याे कामकाे उच्चप्रश‌ंसा गर्न लायक छ’ अधिकारीले भने ।

कार्यक्रममा चाैतारीका पूर्व केन्द्रिय सदस्यहरु दिपेन्द्र राेक्का, उज्वल अधिकारी, प्रदेश कमिटी सदस्यहरु दिपेश दाहाल, नविन तिमल्सेना जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुकाे सभागीता रहेकाे थियाे ।

कार्यक्रम चाैतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टकाे अध्यक्षतामा भएकाे थियाे । स‌ंगठनले पहिलाे पटक सामान्य रुपमा सानाे समूहमा कार्यक्रम मनाइएकाे र आगामी दिनमा यसलाई थप व्यवस्थित र ठुलाे समूहमा मनाउन काेशिस गरिने विष्टले बताइन् ।

सधै‌ कार्यक्षत्रमा व्यस्त हुने पत्रकारहरुलाई रिफ्रेसमेन्टकाे लागि पनि स‌ंगठनले समय समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकाे चाैतारी मकवानपुर सहसचिव मनिता रानाले बताइन् ।

प्रतिक्रिया