हेटौंडाको रातोमाटेबाट तीन जना पक्राउ

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बुधबार अबैध कपडा लगायत सामाग्री सहित तीन जना पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीबाट पोखरा तर्फ जाँदै गरेको यूके ७५ एटी ८६३२ नम्बरको भारतीय ट्रकलाई बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा कपडा लगायत सामाग्री भेटिएपछि बिलको बिषयमा संका लागेर ट्रकमा सवार तीन जनालाई नियन्त्रणमा लिईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ट्रक चालक देश भारत यूपी बस्ने ५० बर्षीय गोरे लाल, ट्रकमा सवार तनहुँ ब्यास नगरपालिका–७ बस्ने ३९ बर्षीय निमकाजी श्रेष्ठ र ट्रकमा सवार पर्वत बिहादी गाउँपालिका–४ बस्ने ३९ बर्षीय खेम बहादुर गुरुङ रहेका छन् ।
ट्रकमा सवारमा तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया