‘वीरे जात्रा’ मनाउन गाउँपालिकाले दियो तीन दिन सार्वजिक बिदा

पालिका डायरी
११ भाद्र २०८०, १०:०६
‘वीरे जात्रा’ मनाउन गाउँपालिकाले दियो तीन दिन सार्वजिक बिदा

दार्चुलाको अपि हिमाल गाउँपालिकाले जात्रा मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। ​

आइतबार गाउँपालिकाले सूचना जारी गर्दै स्थानीय सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्रा’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सुर्मा भवानी मन्दिरमा आज (सोमबार) देखि बुधबारसम्म वीरे जात्रा लाग्दैछ। यस अवसरमा गाउँपालिकाले पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको हो।

प्रतिक्रिया