अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने : अनन्त

पालिका डायरी
१० भाद्र २०८०, ११:२३

राज कुमार के.सी.

भदौरनेकपा माओबादी केन्द्रका उपमहासचिब बर्षमान पुन ुअनन्तुले माओबादीको तीन महिने अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने बताउनुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रको ुजनतासँग माओवादी स् विशेष रुपान्तरण अभियानु अन्तरगतको ललितपुर जिल्लाको बागमति गाउँपालिका स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको पार्टी उपमहासचिब अनन्तले यो अभियान जनता र पार्टीबिचको सम्बन्ध जीवन्त बनाउन सहयोगी हुने बताउनुभयो ।

नेकपा माओबादी केन्द्र बागमति गाउँ कमिटि अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य ओनसरी घर्ती, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, निशा न्यौपाने, ललितपुर जिल्ला समन्वय समिति संयोजक शिब कट्टेल, सदस्य राम आचार्य लगायत बागमति गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बिस्तारित बैठक र प्रशिक्षण कार्यक्रमले पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको संयोजकत्वमा १९ सदस्यीय पार्टीको बागमति गाउँकमिटि स्तरीय तीन महिने बिशेष अभियान संचालन टिम चयन गरेको गाउँ कमिटि अध्यक्ष महेन्द्र घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
370240533_1684114748772502_997086591917094939_n