आज पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

पालिका डायरी
८ भाद्र २०८०, १२:२०
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

आज बाग्मती, कोशी,  गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।  अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने उहाँले बताउनु भएको हो ।

गएको सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया