जुवा खेल्दै गरेका ७ जना पक्राउ, ४ लाख ४७ हजार रुपैयाँ बरामद

कास्कीमा जुवा जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार पोखरा महानगरपालिका–८ मा रहेको लक्ष्मी होटलको भुइँ तलामा जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेकाे वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली, पोखरा–८ का शंकर ज्वारचन, पोखरा–९ का गुन्ज हिराचन, पोखरा–१० का राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् । उनीहरूकाे साथबाट चार लाख ४७ हजार रुपैयाँ बरामद गरेकाे डीएसपी जाेशीले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट चार बुक तास पनि बरामद गरेकाे छ ।
प्रतिक्रिया