भीमफेदीमा एक महिलाको शव फेला

पालिका डायरी
७ भाद्र २०८०, २१:३३

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकामा बिहिबार एक महिलाको शव फेला परेको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा ३५र४० वर्षकी महिलाको शव फेला परेको हो।

मंगोलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। यसअघि साउन २७ गते पनि सोही स्थानमा एक पुरुष र साउन २१ गते अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो।

प्रतिक्रिया