बस दुर्घटना अपडेट : ७ जना मृतक र १७ जना घाइतेको सनाखत (विवरण सहित)

हेटौंडा / बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटना परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु भएका मध्ये भारत राजस्थानका ६ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ बर्षीय बहादुर सिंह, ६० बर्षीया सत्यवती, ७० बर्षीय राजेन्द्र चतुरबेदी, ६५ बर्षीय श्रीकान्त चतुरबेदी, ६७ बर्षीया बैजन्ती देवी, ६५ बर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ बर्षीय बिजय लाल पण्डित रहेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको थियो । चालकसहित २७ यात्रु सवार उक्त बस गएराति चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको थियो ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार भारत राजस्थान बस्ने ४८ बर्षीय घनश्याम चतुरबेदीको ९खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम० हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै,धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ बर्षका घुरन मण्डल ९बाया घुडा र कम्मरमा चोट अवस्था मध्यम०, महोत्तरी लोहारपति नगरपालिका।५ बस्ने २६ बर्षीय जसबेन्दर पासवान ९ढाड÷दाहिने हातमा चोट मध्यम० को हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
यस्तै, भारत राजस्थान बस्ने ५३ बर्षकी माया देबी ९दाहिने कुममा चोट अवस्था मध्यम०, सोही स्थानको ३५ बर्षका अनिल कुमार ९टाउकोमा चोट अवस्था मध्यम०, ५० बर्षका तारा वती चतुरबेदी ९निधार÷कम्मरमा चोट मध्यम०, निजकै नातिनि ९ बर्षकी क्रितिका चतुरबेदी ९अवस्था सामान्य०, ४८ बर्षका श्याम लाल माली ९बाया खुट्टा÷छातिमा चोट मध्यम०, बर्ष ४७ का हरवारी माली ९टाउको र ढाडमा चोट अवस्था मध्यम०, ७० बर्षीय चौथी देबीको ९दाहिने खुट्टा÷छातिमा चोट अवस्था मध्यम० हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए।
यस्तै, राजस्थानकै ७२ बर्षिय सुरेस चन्द्र चक्रवती ९दाहिने खुट्टा÷बाया कुममा चोट अवस्था मध्यम०, ६३ बर्षका धरम सिंह ९निधार, छाति र बायाँ खुट्टा फ्याक्चर०, ६० बर्षकी ईन्दु धाकद ९निधार र छातिमा चोट मध्यम०,१६ बर्षकी गर्बिदा चतुरबेदी ९ढाड र छातिमा चोट अवस्था मध्यम०, सोही स्थानका ५४ बर्षीय राम कुमार चतुरबेदी ९बायाँ घुडा र छातिमा चोट अवस्था मध्यम० को पनि हेटौंडा स्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपािलका।बस्ने ३८ बर्षीय बिहारी मुखीयाको ९मुखमा चोट बाया खुट्टा भाचिएको अवस्था मध्यम० हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ बर्षीय राम प्रसाद पि ९छाति र पेटमा चोट अवस्था गम्भीर० को चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।
