प्रधानमन्त्रीले अस्पतालमा पुगेर दिए मन्त्री किराँतीका बुवालाई श्रद्धाञ्जली

पालिका डायरी
६ भाद्र २०८०, १०:२४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई अस्पतालमै पुगेर श्रद्धाञ्जली दिएका छन्।

मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,  कानुनमन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा लगायतले वीर अस्पतालमै पुगेर राईलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।

राईको अन्त्येष्टि भोजपुरस्थित उनकै गाउँमा गरिने भएको छ। राईको इच्छाअनुसार दाहसंस्कारका लागि उनको पार्थिव शरीर उनकै घर रहेको भोजपुरको ओख्रे लान लागिएको हो।

प्रतिक्रिया