१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएकाे हाे ।
हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक पहिराे हटाएसँगै केही बेर अघिदेखि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ ।
सङ्घीय राजधानी काठमाण्डाैलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने ‘लाइफलाइन’ का रूपमा रहेकाे याे सडक खण्ड बर्खायाम लागेसँगै पहिराेका कारण पटक–पटक बन्द हुँदै आएकाे छ । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।
प्रतिक्रिया