माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।
लु २ ख ५७३१ नम्बरको माइक्रोबस सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
प्रतिक्रिया