बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे, एक जना घाइते
काठमाण्डाैको वनस्थली ढुङ्गेधारामा बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ । एक बालिका घाइते भएकी छिन् ।
बालाजुबाट कलङ्कीका लागि छुटेकाे ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ठेगाना नखुलेका ३२ वर्षीय रामकुमार भारतीकाे ज्यान गएकाे हाे । दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।
अनिता र रामकुमारकाे उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएकाे प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयाे । टाउकोमा चोट लागेर घाइते भएकी बालिकाकाे मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताउनुभयो ।
प्रतिक्रिया

