५० लाख लगानीमा ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा

पालिका डायरी
२ भाद्र २०८०, १५:०२
५० लाख लगानीमा ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्दै

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगर–४ हुप्रचौर नजिकै ‘दरबार एग्रो मार्ट’ सञ्चालनमा आएको छ ।

पछिल्लो ६ वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर फलफूल खेतीको काम गरिरहेका पदमपोखरीका सुरज थिङले मार्ट सञ्चालनमा ल्याउन ल्याएका हुन् । उक्त मार्टको शनिबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।


जिल्ला भित्र उत्पादित फलफूल तथा त्यसको जुस समेत खुवाउने गरी एग्रो मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक थिङको भनाइ छ । मार्टमा स्थानीय स्तरमै उत्पादन हुने फलफूल, तरकारीहरु, फूल, स्थानीय रैथाने बालीका उत्पादनहरु रहेका छन्।

 

प्रतिक्रिया