राष्ट्रिय युवा संघ नेपाल भीमफेदीले गर्‍यो वृक्षारोपण

पालिका डायरी
१ भाद्र २०८०, १९:०८

हेटौंडा  / ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’  भन्ने मुल नाराका साथ  आज राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटिले वृक्षरोपण कार्यक्रम गरेको  छ ।

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँ कमिटिको अध्यक्ष बादल सिल्वालको अध्यक्षतामा  भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय युवा संघ नेपालले अहिले अभियाननै  बनाएर देशै भरी एक युवा पाँच विरुवा अभियान सञ्चालन गरिरहेको छ । यहि अभियान अनुरुप आज भीमफेदिमा यो कार्यक्रम गरिएको युवा संघ केन्द्रिय सदस्य प्रकाश लामाले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल भीमफेदीले आज  भीमफेदी–३ स्थित केराबारी तथा भीमफेदी–६ स्थित कृष्ण मन्दिर परिसरमा  वृक्षारोपन गरेको अध्यक्ष बादल सिलवालले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश सदस्य तथा भीमफेदीगाउँ पालिका वडा नम्बर  ४ का वडा अध्यक्ष सागर पाण्डे, संघ जिल्ला सदस्य रचिन श्रेष्ठ तथा अनेरास्ववियु जिल्ला सदस्य राजिव परियार लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया