हेटौंडामा युरिया मलको अभाव, प्रति केजी ४५ रुपैया तिर्न बाध्य किसान

पालिका डायरी
१ भाद्र २०८०, १५:१४
अझैसम्म युरिया मल अभाव

रामकुमार दानी

हेटौडा / धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि मकवानपुरका किसानले पर्याप्त मात्रामा रासायनिक मल प्राप्त गर्न सकेका छैनन् ।

धान रोपेदेखि एक महिनाभित्र धानमा रासायनिक मल हालिसक्नु पर्ने हुन्छ । तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । अहिले मकवानपुरका किसानले यदि कहिकतै युरिया मल पाए भनेपनि डबल मुल्य तिर्नुपर्ने किसानाको गुनासो छ । मकवानपुर हटियाका एक किसानले हेटौंडा बजारमा रहेको बिज भणडारहरुले एकले अर्कोलाइ देखाउदै मल त्यो पासलामा पाउछ जानुस भन्ने पसल देखाउने फोन गर्ने गरेर पठाउछन् तर प्रती के.जी १८ रुपैया पर्ने युरिया मललाइ प्रती के.जी ४५ रुपैया दिँदा पनि पसलेको झर्किफर्की ब्यहोर्नु परेको गुनासो गारे ।

उनले आफु हेटौंडाको बस्तिपुर ट्याम्पो पार्कको बिज भणडारमा मल किन्न जाँदा आफुलाई हेटौंडाकै पालुङ्ग बसपार्कमा पाउँछ म भन्दिछु जानुस भने आफु त्यही अनुसार पालुङ्ग बसपार्कमा रहेको इन्द्रसरोवर बिज भणडारमा गएर युरिया मल पाउछ त भनेर सोध्दा पसलेले पाउँछ तर प्रति के.जी ४५ रुपैया पर्छ भने । मैले यत्रो महंगो भन्दा पसलेले महंगो छ । हामिलाई लेराउन गारो छ । रेट यति हो लगे लानुस नलगे नलानुस भनेर तुच्छ बोलि गरेको गुनासो गरे ।

यसरी खेतिको समयमा किसानलाई अतिआवश्यक रासायिनिक मल पर्याप्त दिन नसक्ने एक खिल्ली चुरोट बेचेको देख्ने स्थानीय सरकार ५० किलो मलको प्रति बोरा ९ सय पर्ने युरिया मल अहिले ४५ किलोको एक बोरा मलकोनै १८५० रुपैयामा खुलेआम बेचिरहदा समेत चासो नदेखाएको उनले भने ।

सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजारको माग अनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव झल्नुपरेको हो ।

प्रतिक्रिया