शिक्षासम्बन्धी कानून संशोधन गर्न महासंघले गरायो मन्त्रीको ध्यानाकर्षण

पालिका डायरी
३१ श्रावण २०८०, १६:५९
शिक्षासम्बन्धी कानून संशोधन गर्न महासंघले गरायो मन्त्रीको ध्यानाकर्षण

शिक्षा सम्बन्धी कानून संशोधन गर्न माग गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सचिव महमद समीम सहितको टोलीले मन्त्री मुक्तानलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

मन्त्रिपरिषदमा विचाराधीन रहेको शिक्षा सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरुसँग छलफल र परामर्श बिना नै तयार गरेको, विधेयक मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेकोले सच्याउका लागि माग गरिएको हो।

विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझिएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघको गम्भीर ध्यानआकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो।

वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिँदा विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्ममाथी प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा सामुदायको सहभागिताको अधिकारमाथी हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा विरोध जनाउँदै ध्यानाकर्षण गराइएको महासंघका सचिव महमद समीमले बताए।

प्रतिक्रिया