चितवनको टिकौली जंगलमा शव बोकेकोसहित चारवटा सवारी एकआपसमा ठोक्किए

पालिका डायरी
३१ श्रावण २०८०, १६:५३
चितवनको टिकौली जंगलमा शव बोकेकोसहित चारवटा सवारी एकआपसमा ठोक्किए

चितवनको टिकौली जंगलमा चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका छन्।

टिकौली जंगलमा शव बोकेको गाडी, स्थानीय अक्सफोर्ड कलेजको बस, एउटा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा भएको हताहतीबारे केही खुलिसकेको छैन। दुर्घटनास्थलमा उद्धारका लागि प्रहरीसहितको टोली जुटिसकेको छ।

प्रतिक्रिया