मकवानपुरमा ढुङ्गाले थिचेर एक जनाको मृत्यु

पालिका डायरी
३१ श्रावण २०८०, ०८:२८
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा /  मकवानपुरको धियालमा ढुङ्गाले थिचेर एक जनाको मृत्यु भएको छ । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१ बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर मृत्यु भएको हो ।

धियाल डाडाको जंगलमा गाईभैंसी चराउन गएको अवस्थामा ढुङ्गा माथी बसिरहेको बेला अचानक ढुङ्गा पल्टि सोहि ढुङ्गाले किचि मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानियले देखेपछी मृतकलाई घरमा ल्याएका थिए ।

उक्त स्थानमा पुग्नका लागि बकैयाबाट ६ घण्टा पैदल यात्रा गरेपछी मात्र पुगिन्छ । घटना स्थल इलाका प्रहरी कार्यालय निजगढ बाराबाट नजिक पर्ने भएकोले समन्नय हुँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया