हेटौंडामा लागुऔषध गाँजा सहित दुई महिला पक्राउ

पालिका डायरी
३० श्रावण २०८०, २१:५६
हेटौंडामा लागुऔषध गाँजा सहित दुई महिला पक्राउ

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजा सहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३२ बर्षीया र ३५ बर्षीया महिला रहेका छन् ।

पक्राउ गरिएको दुई महिलाको नाम खुलाईएको छैन । मंगलबार बिहान बसपार्कस्थित पृथ्वी बस काउन्टर अगाडी शंकास्पद अवस्थामा बसिरहेका दुई महिलालाई खानतलासी गर्दा उनीहरुले बोकेको झोलाबाट १२ किलो ६०० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया