बागमती प्रदेशमै पहिलो पटक भीमफेदी गाउँपालिकाद्वारा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध

पालिका डायरी
३० श्रावण २०८०, २०:२६
बागमती प्रदेशमै पहिलो पटक भीमफेदी गाउँपालिकाद्वारा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध

हटौंडा / बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धा गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।

भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्विकृत कार्यक्रम अनौपचारीक तथा स्वरोजगार श्रमिकको भबिष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी आज भिमफेदी गाउपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बिच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जनपत्रलाई जानकारी दिनुभयो ।

अब भने भीमफीदी गाउपालकिामा बसोवास गर्नु हुने अनौपचारी तथा स्वरोजगार श्रमकिहरुले कोषमा आवद्धता भएसंगै कोषबाट उपलब्ध हुने सेवा सुबिधाहरु प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा अनौपचारि क्षेत्रमा काम गर्ने एक सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष राखेको अध्यक्ष लामाले जनपत्रलाई बताउनुभयो । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संझौता पत्रमा आज हस्ताक्षर गर्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आवद्धता गराउने प्रक्रिया औपचारिक रुपमा गर्ने कार्यक्रम अन्तरगत आज भीमफेदी गाउँपालिकामा काम गर्ने श्रमिकका लागि यो संझौता गरिएको हो ।

सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको बताउनुभयो ।

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताउनुभयो ।

प्रतिक्रिया