सुन तस्करी धेरै भयो, कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा

पालिका डायरी
२९ श्रावण २०८०, १४:०१
आउँदाे चुनावमा कांग्रेसलाई सबैभन्दा ठूलाे पार्टी बनाउने गरी लाग्नुस् : देउवा File photo

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर  खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ । उनले  नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि बताए । ‘संसद् जनताप्रति जबाफदेही हुनुपर्छ । संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम हो । लामो

समयसम्म संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रमुख प्रतिपक्षीलाई संसद्लाई खुलाउन यो बैठक आग्रह गर्दछ’, लेखकको भनाइ छ । साथै उनले  सुन तस्करीमा सरकारले गहिरोसम्म पुरेर छानबिन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया