राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा थालियो जोख्ने प्रक्रिया

पालिका डायरी
२९ श्रावण २०८०, ११:५८
राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा थालियो जोख्ने प्रक्रिया

राजस्व अनुसन्धान विभागले बरामद सय किलो सुन जोख्ने प्रक्रिया सुरु गरेको छ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढाइएको हो।  राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ।

बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन। ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको अनुमान छ।

अब यसलाई जोखेर यकिन गर्न लागिएको हो। ‘आजदेखि सुन पकाल्ने काम सुरु हुन्छ। पगालेपछि सुनको के कति हो एकिन गर्न सकिन्छ। त्यसका लागि अहिले छलफलल भइरहेको छ’, आचार्यले नेपालखबरसँग भने।

प्रतिक्रिया