जनमतकी अनिता देवीले लिइन् पद तथा गोपनियताको शपथ

पालिका डायरी
२९ श्रावण २०८०, ११:५२
जनमतकी अनिता देवीले लिइन् पद तथा गोपनियताको शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी पनि समभागी भएको छ । जनमतबाट सांसद अनिता देवी साहले आज मन्त्री पदको शपथग्रहण गरेकी हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । साहलाई मन्त्री बनाउन प्रचण्डले यसअघिका सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए ।

यसअघि पनि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । चित्तबुुझ्दो मन्त्रालय नपाएको भन्दै खान सरकारबाट बाहिरिएका हुन् ।

जनमत पार्टीबाट सांसद साहको नाम मन्त्रीका लागि सिफारिस भइसकेकी थिइन् ।

प्रतिक्रिया