ललिता निवास जग्गा प्रकरणको छानबिनमा सहयोग गर्न तयार छु : माधव नेपाल

पालिका डायरी
२९ श्रावण २०८०, ११:४७
ललिता निवास जग्गा प्रकरणको छानबिनमा सहयोग गर्न तयार छु : माधव नेपाल File photo

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ललिता निवास  जग्गा प्रकरणमा छानबिन हुनुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बचन दिएका हुन्।

‘ललिता निवास जग्गा  हिनामिना प्रकरणको छानबिन होस्। मेरो तर्फबाट सहयोगी भूमिका हुनेछ, ‘उनले भने। अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दावी गरे।  ‘बिराएको छैन। कुनै बदमासी पनि गरेको छैन। लेनदेन गरेको छैन। आत्तिएको छैन, ‘उनले भने,’चित्त दुखेको छ। केही गरौंला भन्यो अब के पो होला भन्ने स्थिति भयो।’

उनले भ्रमणमा जानु एकदिन अघि सर्वोच्च अदालतले ललिता निवास जग्गाको छानबिन प्रक्रिया अघि बढाउनु भनेर आदेश आएको बताए। उनले अदालतको आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र भएको बताए।

नेपालले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको जिकिर  गरे। ‘ललिता निवास जग्गा प्रकरणमा छानबिन प्रक्रिया अगाड बढाउनु  भनेर सर्वोच्च अदालतबाट निर्णय भएको रहेछ। युरो भ्रणमण पनि त्यही बेला निश्चित भयो। प्रधानमन्त्री हुँदाखेरी कतिपय जग्गासम्बन्धी निर्णयहरू भएका थिए। त्यसैमा जोडेर मेरो बदनाम गर्न खोजियो,’उनले भने,’ माधव नेपाल भाग्यो भनेर चर्चा पनि गरियो। राजाले गिरफ्तार गर्दाखेरी त म नभाग्ने मान्छे । अपराध नगरेको ,भ्रष्टाचार नगरेको म किन भाग्थे। बरु भ्रमण छोट्याएर आएँ।’

नेपालले सबै विषयको कानुनी प्रक्रिया हु्ने र ललिता निवास जग्गा प्रकरणमा  पनि कानुनले प्रष्ट्याउने बताए।

प्रतिक्रिया