निउराे टिप्न गएका बुबा–छाेरालाई खाेलाले बगायाे

पालिका डायरी
२८ श्रावण २०८०, १८:०६
भीमफेदीमा पहिरोले दुइ घर बगायो, त्रिभुवनराजपथ अबरुद्ध

खोलाले बगाउँदा दाेलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।

आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

प्रतिक्रिया