मकवानपुरमा विपद् न्यूनीकरणमा एमालेका युवाहरु

पालिका डायरी
२८ श्रावण २०८०, १८:०१
मकवानपुरमा विपद् न्यूनीकरणमा एमालेका युवाहरुको अभियान

मकवानपुर जिल्लामा भैरहेको अबिरल बर्षा र यसबाट उत्पन्न हुन सक्ने प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि नेकपा एमाले मकवानपुर अन्तर्गतको जिल्ला बिपद ब्यबस्थापन स्वंमसेवकहरुले आबश्यक पहल थालेका छन ।

स्वंमसेवकहरुले आइतबार भिमफेदी गाउँपालिकाको भैसे सडक खन्डमा आएको पहिरो र भासिएको सडकबाट हुन सक्ने दुर्घटना र अन्य क्षती न्यूनीकरणको कार्य गरेका थिए ।

त्यस्तै भिमफेदिको बाघझोरामा भारी बर्षाको कारण खहरे खोलामा पानीको सतह बढदा दुइतर्फी सवारी साधन सन्चालनमा अबस्यक सहजीकरण र बाटो सरसफाइको कार्य गरेको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले बताए।

निरन्तर वर्षातको कारण मकवानपुरको तटिय क्षेत्र उच्च जोखिममा रहेको जल तथा मौसम विभागले पनि सूचना जारि गरिसकेको अवस्थामा एमालेको स्वंमसेवक टिमले जिल्लाको बिभिन्न जोखिम हुने स्थानहरुको अनुगमन गरि जोखिम न्यूनीकरण र आबस्यक सहजीकरणको कार्य गरिरहेको प्रमुख दाहालले बताए ।

जिल्लामा हुनसक्ने जोखिम न्यूनिकरणको लागि सबैले आफ्नो आफ्नो स्थानबाट अग्रसरता देखाउन उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया