पहिरोले हेटौँडाबाट काठमाडौं जाने सबै छोटा सडक बन्द

पालिका डायरी
२८ श्रावण २०८०, १५:३९
डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो file photo

निरन्तर वर्षाले पहिरो खसेपछि हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक बन्द भएका छन्।

पहिरोका कारण हेटौँडा–भैँसे–भीमफेदी, हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं र त्रिभुवन राजपथ बन्द भएका हुन्।  त्रिभुवन राजपथको भीमफेदी–९, लामिडाँडामा, भीमफेदी–२, भैँसे बजारबाट २ किलोमिटर पर पहिराे खस्दा यी सडक बन्द भएका हुन्।

त्यस्तै कुलेखानी–सिस्नेरी–काठमाडौं सडकमा पनि पहिरो खसेकाले बन्द भएको हो। यस्तै कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा उक्त राजमार्ग पनि बन्द रहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षाका कारण पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय मकवनापुरका प्रहरी प्रवक्त डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया