बागमतीसहित यी नदीमा ठूलो बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

पालिका डायरी
२८ श्रावण २०८०, १२:०२
जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ : बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बागमतीको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ। यसैगरी बिहान साढे ७ बजे जारी अर्काे सूचनामा भनिएको छ : हाल काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ र खतरा तह पुगेकाले नदीतटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ। file photo

आज (आइतबार) बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गरी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सुझाव दिएको हो।

सूचनाअनुसार आज बागमती, नारायणी, कर्णाली, पश्‍चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

यसैगरी आज मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने नदीमा पनि बाढीले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हरियो रङले बाढीको न्यून जोखिम, पहेलो रङले बाढीको मध्यम जोखिम, सुन्तला रङले बाढीको उच्च जोखिम तथा रातो रङले बाढीको अति उच्च जोखिम हुने संकेत गर्छन्।

प्रतिक्रिया