प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्ने

पालिका डायरी
२८ श्रावण २०८०, ११:५३
देउवालाई ओलीकाे कटाक्ष-ज्येष्ठ नागरिक हो तपाईं सूर्यमा भोट हाल्नुस् file photo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पत्रकार सम्मेलन गरी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पत्रकार सम्मेलन एमालेको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आयोजना गरिनेछ।

पत्रकार सम्मेलनमार्फत सुन तस्करी प्रकरण, संसद्‌मा आफैंले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा राख्ने कार्यक्रम छ।  ‘संसद गतिरोध र समसामयिक विषयमा अध्यक्षज्यूले पार्टीको धारणा प्रस्ट पार्नुहुनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने।

सय किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग राखी एमालेले हरेक संसद् बैठकमा अवरोध गरिरहेको छ।

प्रतिक्रिया