हेटौंडामा पिपिएलए बागमती प्रदेश भेला, प्रदेश संयोजकमा भण्डारी

पालिका डायरी
२७ श्रावण २०८०, २१:२९
हेटौंडामा पिपिएलए बागमती प्रदेश भेला, प्रदेश संयोजकमा भण्डारी

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी एमाले निकटको प्रगतिशिल तथा पेशागत कानून व्यावसायी संगठन नेपालको बागमती प्रदेश स्तरीय भेला आज हेटौंडामा भएको छ । पिपिएलए मकवानपुरको व्यावस्थापनमा हेटौंडामा भएको कार्यक्रमबाट समिति चयन गरिएको हो ।

भेलाले जगन्नाथ भण्डारीको संयोजकत्वमा प्रदेश स्तरिय समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा मदन कुमार दाहाल, अर्का सहसंयोजकमा गणेश खनाल, सचिबमा सरिता सापकोटा चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, विश्व अधिकारी, राजन सापकोटा, राजेन्द्र नारायण श्रेष्ठ, कृष्ण प्रसाद बराल सर्बसम्वतले चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा समितिले लालध्वज थापा, शंकर उप्रेती, सन्तोष विमनी, रमिता चौलागाई, कृष्ण प्रसाद खतिवडा चयन हुनु भएको छ ।

पिपिएलएका केन्द्रीय उपमहासचिब तथा प्रदेश संयोजक जगन्नाथ भण्डारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भोजराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पिपिएलएका महासचिब अमर थापा, केन्द्रीय नेता तथा पूर्व उपाध्यक्ष सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सचिब सहकुल खत्री, केन्द्रीय कोषाध्यक्ष रामेश्वर कोइराला, केन्द्रीय सदस्यहरु मुकुन्द प्रसाद अधिकारी, कुमार कार्की, निराजन महर्जन, प्रविण प्रधान, धुर्ब प्रसाद चौलागाई लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया