भीमफेदीमा पहिरोले दुइ घर बगायो, त्रिभुवनराजपथ अबरुद्ध

पालिका डायरी
२७ श्रावण २०८०, २१:२४
भीमफेदीमा पहिरोले दुइ घर बगायो, त्रिभुवनराजपथ अबरुद्ध

हेटौंडा / मकवानपुरको भीमफेदीमा पहिरोले दुइ घर बगाएको छ । त्रिभुवनराजपथ अबरुद्ध पनि अबरुद्ध भएको छ । भीमफेदी-२ भैँसेमा पहिरोले दुई घर पुरिएको छ ।

शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत भैँसे सडक नजिकै रहेको दुई वटा घरमा पहिरोले पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको २ वटा कच्ची घरमा क्षति पुर्‍याएको हो ।

पहिरोले मानवीय र पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । पहिरोको कारण हेटौंडा भैंसे पालुङ नौबिसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

प्रतिक्रिया